पर्यटन दिवसमा बन्जी नेपालका भट्टराईलाई पर्यटन मन्त्रालयको सम्मान

विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराको बन्जी नेपाललाई सम्मान गरेको छ ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराईलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका हुन् ।

नेपालको साहसिक खेल पर्यटनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै बन्जी नेपाललाई सम्मान गरेको हो । गत सालबाट सन्चालनमा आएको बन्जी नेपालले छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । बन्जी नेपाल पोखरा महानगरपालिका–१७, रातोपैरामा सञ्चालित छ ।

बन्जी नेपालका अध्यक्ष भट्टराई अन्तराष्ट्रिय जम्पमास्टर हुन् । उनले साहसिक खेल नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । नेपालमा बञ्जी सम्बन्धी नीति नियम निर्माणमा समेत सरकारलाई सहयोग गरेका उनी मकाउ, इन्डोनेसीया, जापान, रसिया लगायतका देशमा एक दशक बढी साहसिक खेलमा अनुभवी बटुलेका छन् ।

सम्मानले थप राम्रो काम गर्न हौसला मिलेको भट्टराईले बताए ।