नेकपा बहुमतले चुनाव बहिष्कार गर्ने

विप्लवबाट छुट्टिएरको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमासंयोजक धर्मेन्द्र बाँस्तोलाले अहिलेको व्यवस्थामा हुने चुनावले जनताका समस्या समाधान नहुने दाबी गरे । उनले भने, ‘यो व्यवस्था नै जनता विरोधी छ । यो दलाल संसदीय व्यवस्था रहेसम्म हुने चुनावको नतिजा पनि दलालकै पक्षमा हुन्छ, यसबाट जनताले केही पाउँदैनन् । यो व्यवस्थामा हुने चुनावमा जनताका प्रतिनिधि नभएर दलालकै प्रतिनिधिले जित्ने छन् ।’

उनले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनको चेतावनी दिए ।
उनले भारतीयलाई नागरिकता दिन नागरिकता विधेयक ल्याइएको दाबी गरे ।