विन्ध्यवासिनी मन्दिरको दानपेटिका चोर्ने पक्राउ

प्रहरी पोखराको विन्ध्यवासिनी मन्दिरको दानपेटिका चोर्ने एक जनालाई पक्राउ गरेको छ । शनिबार पोखरा २ मा रहेको मन्दिर परिसको नगदसहितको दान पेटिका चोरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पोखरा २५ भोटेक्याम्प हेम्जा बस्ने वर्ष ३० का जिम्मी दोर्जेलाई दानपेटिकासहित पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।