वसन्त बने पोखरा सडक महोत्सव संयोजक

रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा पोखरामा बर्सेनि हुँदै आएको पोखरा सडक महोत्सवको २४ औं संस्करणका लागि वसन्त गौतमलाई संयोजक चयन गरिएको छ ।

रेबान पोखराको हालै निर्वाचित कार्यसमितिको पहिलो बैठकले गौतमलाई संयोजक चयन गरेको हो । बैठकले सहसंयोजकमा योगेश भट्टराई र वैभव पौडेललाई चयन ग¥यो ।

बैठकले विश्व पर्यटन दिवस २७ सेप्टेम्बरका दिन रेबान पोखराले आयोजना गर्दै आएको १ दिने मिनी सडक महोत्सवका लागि समितिका महासचिव विकास भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।

पर्यटन प्रवद्र्धनका साथै लोपोन्मुख भेषभूषा, कला, संस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीको संरक्षण एवं प्रवद्र्धन गरी पोखरालाई अंग्रजी नयाँ वर्षको गन्तव्य स्थलका रुपमा पहिचान दिलाउने उद्देश्यसहित रेबान पोखराले २३ वर्षदेखि पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ । पुसको १३ देखि १७ गते सम्म लेकसाइडको सडकमा यो महोत्सव चल्नेछ ।