पोखराको बाटुलेचौर – १६ मा नेपालकै ठूलो रिटेल चेन साथीमार्टको अर्को नयाँ फ्रेन्चाइज आउटलेट सञ्चालनमा आएको छ ।
केही समय अघिमात्र स्नातक तहको शिक्षा हासिल गरेका कुमार गुरुङले साथीमार्टको फ्रेन्चाइज लिएर मार्ट सुरु गरेका हुन् । उक्त आटलेट असार १६ गते बिहीबारका दिन वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले उद्घाटन गरि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
‘पढाई सकेर उच्च शिक्षा हासिल गर्न विदेश जाने र उतै सेटल हुने नेपाली प्रवृत्तिलाई अस्वीकार गर्दै नेपालमै केहि व्यवसायमा संलग्न भएको हुँ,’ गुरुङ भन्छन् ‘थुप्रै मार्केट रिसर्च गरेर कुन सेन्टरमा हात हाल्ने भनेर बुझ्दै जाँदा, बाहिर देशमा रिटेल व्यवसायमा मार्ट एकदमै फस्टाएको देखेँ । आफ्नो भूमीमा पनि सोहि सुविधा उपलब्ध गराउने मेरो चाहना हो ।’
८ सय स्क्वायर फिटको उक्त आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वेयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (www.saathimart.com) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सकिने व्यवस्था पनि रहेको गुरुङ बताउँछन् ।
फ्रेन्चाइज स्टोरसँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ । एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइज आउटलेटमा आकर्षण बढेको छ ।




