पोखरा ८ मा योजना तर्जुमा गोष्ठी

पोखरा महानगरपालिका वडा नम्बर ८ ले आर्थिक वर्ष २०७९÷०८० का लागि वार्षिक योजना तर्जुमा गोष्ठी गरेको छ । गोष्ठीमा विभिन्न संघ, संस्था, टोल विकास समिति, क्लब, आमा समूह, वडास्थित राजनीतिक दलका प्रतिनिधि, जननिर्वाचित प्रतिनिधि लगायतको सहभागिता थियो ।

सहभागीले वडाभित्रसंस्थाले गर्न चाहेका योजनाका बारेमा अवगत गराएका थिए । स–साना गतिविधिभन्दा पनि ठूला खाले योजनालाई प्राथमिकतामा राख्न उनीहरुले जनप्रतिनिधिलाई सुझाव दिए । भौतिक विकास, खानेपानी, शिक्षा, स्वास्थ्य, शौचालय, चौतारा, पार्क निर्माण लगायतमा उनीहरुले जोड दिए ।

वडाध्यक्ष रुद्रनाथ बरालले गोष्ठीमा उठेका सुझाव तथा कार्यक्रमलाई आगामी योजनामा समेटन सक्दो प्रयास गर्ने प्रतिवद्धता गरे । उनले वडास्थित विभिन्न सामाजिक संघ, संस्थासँग हातेमालो गर्दै अघि बढ्ने बताए ।