एसपीपीबारे जवाफ दिन प्रधानमन्त्रीलाई बोलाइने

स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)बारे उठेका प्रश्नहरुको जवाफ दिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने भएको छ।

शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय समितिले प्रधानमन्त्री देउवालाई जवाफका लागि बोलाउने निर्णय गरेको हो। आइतबारको बैठकमा उपस्थित हुन देउवालाई समितिले निर्देशन दिएको छ।

शुक्रबारको बैठकमा प्रधान सेनापति प्रभुराम शर्मा, परराष्ट्रमन्त्री, रक्षा र परराष्ट्रसचिव सहभागी भएका थिए।

यस्तै समितिले उक्त प्रोग्रामका सम्बन्धमा नेपाल सरकारका तर्फबाट रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाले अमेरिकासँग गरेका सहमति वा पत्राचार पनि सात दिनभित्र समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

तत्कालीन परराष्ट्र सचिवको नेतृत्वमा रक्षा सचिव, गृह सचिव र नेपाली सेनाका प्रधानसेनापती सम्मिलित कार्यदलको निष्कर्षलाई पनि समितिमा प्रस्तुत गर्न पराष्ट्र मन्त्रालयलाई दिर्नेशन दिएको छ।