शिशु कल्याणमा वातावरण दिवस

पोखरा १७ छोरेपाटन बेलघारी मार्गमा अवस्थित शिशु कल्याण इङ्लिस स्कुलले बिभिन्न कार्यक्रम आयोजना गर्दै विश्व वातावरण दिवस भब्यताका साथ मनाएको छ।

बिद्यालय का शिक्षक दीपक रेग्मीको संयोजकत्वमा भएको सो कार्यक्रममा बिद्यालयका प्रिन्सिपल ईश्वरीप्रसाद शर्मा, शिक्षक मदनप्रसाद बराल तथा बिद्यार्थीहरु जेनीस मल्ल तथा समिपा लम्सालले वातावरण दिवस को उदेश्यमाथी प्रकाश पारेका थिए।

कार्यक्रममा कक्षा १० का विद्यार्थीले वातावरण संरक्षणसम्बन्धी विभिन्न नारासहितका प्लाकार्ड र कक्षा ९ का बिद्यार्थीले बाताबरण सम्वन्धित चित्रकला प्रदर्शनी गरेका थिए।

त्यस अतिरिक्त सामुदायिक सरसफाई अभियान अन्तर्गत तिन भिन्न समुहमा शितल चौतारी, सिमलटुँडा, र बेलघारीमा शिक्षक तथा विद्यार्थीको ब्यापक सहभागितामा सरसफाई अभियान सञ्चालन गरिएको थियो।