कांग्रेसको गढ मानिने खिजिदेम्बामा जसपाको जित

खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार गम्बु शेर्पा निर्वाचित भएका छन् । दुईवर्षदेखि खिजिदेम्बामा जसपाको राजनीति थालेका उनले काँग्रेसको गढ मानिएको पालिकामा विजय हासिल गरे ।

उनले २ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २ हजार ७ सय ५२ मत पाए ।

बस्नेत र शेर्पा बिचमा कडा प्रतिस्पर्धा भएको थियो । त्यसैगरि उपाध्यक्षमा नेपाली काँग्रेसकी सुशिला तामाङ विजयी भइन् । उनले २ हजार ८ सय २४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्दी जसपाकी २ हजार २ सय ४१ प्राप्त गरिन् ।

जसपाबाट अध्यक्षका उम्मेद्वार गम्बु शेर्पा गायकसमेत हुन् । उनी एक दशक भन्दा बढी समय अमेरिका बसेर फर्किएका हुन् ।