रुपामा जोगायो एमालेले विरासत

कास्कीको रुपा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेले यहाँ निवर्तमान अध्यक्ष र उपाध्यक्षलाई नै दोहो¥याएको छ ।

रुपामा ७ वडामा वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेस र बाँकी वडा २, ३, ४, ५, ६ र ७ मा नेकपा एमालेले जितेको छ । अध्यक्षमा नवराज ओझा ५ हजार ७ सय ४९ मत ल्याएर निर्वाचित बने । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार गीमाया गुरुङले ४ हजार १ सय ३७ मत पाइन् ।

उपाध्यक्षमा लालसुब्बा गुरुङ ५ हजार ३ सय ३२ मत ल्याएर चुनिइन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणकुमार श्रेष्ठले ४ हजार १ सय ५३ मत ल्याएका छन् ।

वडा नम्बर २ देखि ४ सम्म नेकपा (एमाले)बाट क्रमशः राजन सुवेदी, दीपेन्द्र गौतम र मुकुन्द वंशी ठकुरी वडाध्यक्ष निर्वाचित भए ।पालिकामा १४ हजार ६ सय ७५ मतदाता छन् । वडा नम्बर ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ, ७ मा कृष्णराज सुवेदी, १ मा रामबहादुर गोदार वडाध्यक्ष चुनिएका छन् ।