
पर्वतको पैयुँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी भएका छन् ।
मल्लले तीन हजार ८२४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा ९एमाले०का अध्यक्ष पदका उम्मेदवार महेन्द्र श्रेष्ठले तीन हजार ३८० मत पाए ।
त्यस्तै उपाध्यक्षमा भने एमालेका उम्मेदवार यामकुमारी राना विजयी बनिन् । रानाले तीन हजार ७७७ मत पाइन् । उनकी प्रतिद्वन्द्वी उपाध्यक्षका उम्मेदवार कांग्रेसका जानकी प्रधानले तीन हजार ४५८ मत पाइन् ।
पैयँु गाउँपालिकामा ७ वटा वडा रहेका छन् । जसमा वडा नं १ र वडा नं ७ भोर्लेमा कांग्रेस विजयी भएको छ भने बाँकी ५ वटा वडामा एमाले बिजयी भएको छ ।