शहीद लखन गाउँपालिकामा माओवादीकाे जित

गोरखाको शहीद लखन गाउँपालिका नेकपा माओवादी केन्द्रले जितेको छ । रमेशबाबु थापामगर ५४७४ मतसहित अध्यक्ष पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणप्रसाद लामिछानेले ४४३२ मत ल्याए ।

उपाध्यक्षमा माओवादीकै इन्दिरा तिवारी विजयी बनिन् । उनले ४९९६ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शर्मिला श्रेष्ठले ४४३२ मत मात्र ल्याउन सकिन् ।