पुम्दीभुम्दीको बाँदरको समस्या समाधान गर्ने प्रतिवद्धता

पोखरा २२ पुम्दीभुम्दीमा बादर नियन्त्रणका लागि विषेश पहल गर्ने गठबन्धनबाट वडाध्यक्षका प्रत्यासी हिमलाल बरालले बताएका छन् । घरदैलोमा मतदाताका समस्या सुनेपछि उनले बादर नियन्त्रणमा बिषेश पहल गर्ने बताएका हुन् ।

स्वतन्त्र उम्मेदवार बराल भूईकटहर चिन्ह लिएर मैदानमा छन् । आफूले जित हाँसिल गरे बादर नियन्त्रणका लागि बिउ पुँजीको रुपमा क्षतिपूर्तिको व्यवस्था, वैकल्पिक खेती वाली तथा कृषि बिमा लगायतका कार्यक्रम ल्याउने आश्वासन दिए । आइतबार सिमलटारी, साइस्वाँरा, फलेटे लगायतका क्षेत्रमा घर दैलो भएको माओबादी केन्द्रका नेता नवराज बरालले बताए ।

स्थानीयले वडामा सडक, बाटो तथा खानेपानीको व्यवस्था गर्नसमेत माग गरेको टोलीमा सहभागी कांग्रेस नेता प्रकाश बरालले बताए । वडामा गठबन्धनबाट कांग्रेसकी लक्ष्मी बराल महिला सदस्य, माओवादी केन्द्रकी कल्पना रसाइली दलित महिला सदस्य छन् भने खुला सदस्यमा चेतभक्त बराल र हुमबहादुर गुरुङ मैदानमा छन् ।