नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेललाई उठाउने भएको छ । पौडेल निवृत्त शिक्षक हुन् । उनी नेकपा बनेका बेला महानगर अध्यक्ष थिए । उपमेयरमा दोहोरिएकी मञ्जु एमाले केन्द्रीय सदस्य हुन् भने मेयरका उम्मेदवार दीपक एमाले गण्डकी सचिवलाय सदस्य हुन् ।
एमालेले काठमाडौं महानगरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन ।
यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।






