पूर्वाञ्चल सेवा समाजले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदानसहित भित्तेपात्रो लोकार्पण गरेको छ । समाजको १७ औं साधारण सभा एवं १० औं अधिवेशनमा गण्डकीकी उपसभामुख सिर्जना शर्माले भित्तेपात्रो सार्वजनिक गरिन् ।
शर्माले अधिकार प्राप्तिका लागि संगठित भएर लाग्नुपर्ने बताइन् । उनले एकताबाट मात्र सफलता प्राप्त गर्न सकिने जनाइन् । मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा बिभिन्न संघ, संस्थाको महत्वपूर्ण भूमिका रहदै आएको उनको भनाइ छ ।
उपसभामुख शर्माले यस्ता संस्थाको विकासका लागि तीनै तहका सरकारको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् । पूर्वाञ्चलमा जन्मभई बिभिन्न पेशा र व्यवसायमार्पmत पोखरालाई कर्मभूमि बनाउँदै आएकोको संस्थामा राजनीति गर्न नहुनेमा उनको जोड छ ।
कार्यक्रममा नव वर्ष २०७९ को शुभकामना आदानप्रदानसहित भित्तेपात्रोसमेत लोकार्पण गरिएको छ ।
संस्थाका अध्यक्ष गोपालबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार दुर्गा भण्डारी, क्युपेक नेपालका अध्यक्ष तीर्थराज मगर, पूर्व अध्यक्ष डिबी राई, प्रथम उपाध्यक्ष बालकुमार लुइटेल लगायतले संस्थाको महत्व र यसले खेल्दै आएको भूमिकामाथि चर्चा गरेका थिए ।




