गीत: भोट हाल्नुस् जनताको दुख बुझ्नेलाई

होईनौ गरिब हिमालमै छ हीरा
चिन्नुहोला राष्ट्रका धमिरा
नेपाल आमाको आँसु पुछ्नेलाई
भोट हाल्नुस् जनताको दुख बुझ्नेलाई

चुनाव आउँदा घर , दैलो धाउने
जितेपछि गाउँ फर्कि नआउने
नेपाल आमाको आँसु पुछ्नेलाई
भोट हाल्नुस् जनताको दुख बुझ्नेलाई

राजनीति त कमाउने धन्दा भो
सबैतिर केवल भागबन्डा भो
नेपाल आमाको आँसु पुछ्नेलाई
भोट हाल्नुस् जनताको दुख बुझ्नेलाई

सँधै भरि कुर्सीकै जाल र झेल
माग्नुस् हिसाब के गरे यतिन्जेल
नेपाल आमाको आँसु पुछ्नेलाई
भोट हाल्नुस् जनताको दुख बुझ्नेलाई

नेता कारमा , जनता चाँहि आँसुमा
बेच्नु हुन्न भोट रौसी , मासुमा
नेपाल आमाको आँसु पुछ्नेलाई
भोट हाल्नुस् जनताको दुख बुझ्नेलाई ।
© शिव पलाँस