बागलुङ समाज पोखराले नयाँ वर्षको अवसरमा बिहीबार शुभकामना आदानप्रदान गरेको छ । समारोहमा समाजल प्रकाशन गरेको भित्तपात्रोसमेत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा प्रदेश सांसद पियारी थापा, पूर्व अध्यक्षहरु डा भानु कँडेल, अमृतलाल श्रेष्ठ र भीम श्रीष, सुनिल पाण्डे, कानुनी सल्लाहकार दुर्गेसराज पन्त, सचिव नरेश सुवेदी, उपाध्यक्ष ठाकुर सापकोटा लगायतले बोलेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष डिल्ली शर्माको अध्यक्षतामा भएको थियो । बागलुङ समाज पोखरामा अस्थायी तथा स्थायी बसोबास गर्ने बागलुङेको साझा संस्था हो ।




