
सहनुको विकल्प छैन छोड्देऊ अब जे जे भयो
सबैको मन राख्दा राख्दा आफ्नै यो मन के के भयो।
जित्नेको नै इतिहास छ हार्नेको के लेखिन्छ र
घाउ छैन कतै पनि दुखेको कहाँ देखिन्छ र
तिम्रो देशमा झिलिमिली मेरो देशमा छाया भयो
सबैको मन राख्दा राख्दा आफ्नै यो मन के के भयो ।
उता आँखा मर्दी हुँदा यता आँखा सेती थियो
बादलले ढाकिदियो रुपा बेगनाश छचल्कियो
हाँस्नकोलाई केहि छैन रुन तिम्रो माया भयो
सबैको मन राख्दा राख्दा आफ्नै यो मन के के भयो ।