कविता: भूतपूर्व सरहरु

स्कुल पढ्दा
मलाई सरहरु कहिल्यै मन परेन
मलाई माफ गर्नुस् सर
हजुरहरुको बेहोर गतिलो थिएन
त्यतिबेला केही भन्न सकिन
अहिले आएर पछुतो लागेको छ
घोर पछुतो।

ह्रस्व दीर्घ मिलेन
अकरण र अकरण पनि जान्दिनौ
के हो भाव वाच्य भन्दै
मेरो पिठिउ सुम्सुमाउने
अस्वाभाविक तरिकाले मेरो गाला चिमोट्ने
गाली गरे जस्तो गरि
मेरो ढाडमा हान्दै
मेरो ब्राको घेरो छुने सर हजुर नै हो ।

म हिसाबमा कमजोर थिए
बिजगणित भने पछि निदारमा पसिना आउथ्यो
जोड
घटाउँ
गुणन
सबैमा कमजोर थिए
कमजोर भए पनि
मलाई पास हुनु थियो
मलाई पढ्नु थियो
हो म टिउसन पढ्न हजुरको डेरामा आएकै हो
सबै साथी भन्दा म अल्लि नजान्ने थिए
तिमी एक छिन बस
तिमीलाई अझै सिकाउनु छ भन्दै
मेरो स्तनको नापो लिने सर हजुर नै हो
केहि बोल्न नसकेर म झस्किएको बेला
नडराउँ।।।।।।।।।।
माया गरेको केहि हुन्न भन्दै
मेरो पेन्टी भित्र हात छिराउँदै
मेरो योनी कोट्याउने सर पनि हजुर नै हो।

बिहान बेलुका घरको काम गरेर
मैले पढ्नु पर्ने थियो
पढ्ने स्कुल धेरै टाढा थियो
एक घण्टा पसिना चुँहाउदै हिड्नु पर्ने थियो
मलाई अंग्रेजी आउदैनथ्यो
कोचिन पढ्न हजुरको घर सम्म आएकै हो
डाइरेक्ट स्पिच सिकाउने निहुँमा
इन्डाइरेक रूपमा
हजुरले पनि मलाई सोषण गर्नुभएकै हो
हो अरु सर भन्दा अल्लि बेग्लै हुनुहुन्थ्यो हजुर
अरुले आफ्नो हात नै मेरो शरीरमा पुर्याए
हजुरले आफ्नो नजर पुर्याउनु भयो
निहुरिएर लेखेको बेला
घुटुक्क थुक निल्दै मेरो स्तनमा आँखा गाड्ने सर हजुर नै हो ।

आज आएर
अखबारका खबर पढ्दा
लाग्छ
हामी पो बोलिएन
बोल्नै सकिएन
यतिबेला बहिनीहरुले
हिम्मत जुटाएका छन्
बोलेका छन्
सहेका छैनन्
ठिक गरेका छन्
आज मेरा भुपपुर्व सरहरु
हातमा प्ले काड बोकेर
………………..लाई न्याय दे भन्दै ।
दमौली बजार परिक्रमा गर्दै छन्