पोखरा १७ का टोल विकास र आमा समूहलाई वाद्यवादन सामग्री

पोखरा महानगरपालिका वडा नं. १७ ले वडा टोल विकास संस्था र आमा समूहहरुलाई वाद्यवादन सामग्री प्रदान गरेको छ ।

विकास, निर्माणको सबैभन्दा तल्लो संरचना टोल विकास र आमा समूहलाई अभिभावकत्व प्रदान गर्दै स्थानीय सरकारले क्षमता अभिवृद्धिका लागि सामग्री प्रदान गरेको कार्यक्रम संयोजकसमेत रहेकी वडा सदस्य राधिकाकुमारी शाही योगीले बताइन् ।

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी लगायतले टोल विकास र आमा समूहका प्रतिनिधिलाई वाद्यवादन सामग्री हस्तान्तरण गरेका थिए । स्थानीयलाई सचेत, जागरुक र समृद्ध बनाउने उद्देश्यका लागि वडा कार्यालयले ५ वर्षमा उल्लेखनीय काम गरेको अध्यक्ष अधिकारीले बताए ।

टोल विकास संस्था तथा आमा समूह समन्वय समितिले वडा कार्यालयको ६ लाख बजेटबाट वाद्यवादन सामग्री प्रदान गरेको हो । आमा समूह र टोल विकास संस्थालाई ४० थान स्पिकर र ४० थान मादल र झ्याली आवश्यकता अनुसार प्रदान गरिएको समितिका सचिव प्रकाश अधिकारीले जानकारी दिए ।

समितिले अध्यक्ष उमापति सुवेदीले मादल र झ्यालीको २ हजार २ सय ५० र स्पिकर १२ हजार ५ सयमा खरिद गरिएको जानकारी दिए ।