अन्नपूर्ण गाउँपालिकामा शान्ति परियोजना

मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीले अन्नपूर्ण गाउँपालिकामा शान्ति परियोजना सञ्चालन गर्ने भएको छ । सन् २०२२ देखि ०२४ सम्म अन्नपूर्णका ११ वटै वडालाई समेटेर परियोजना सञ्चालन हुनेछ ।

समूहले मंगलबार परियोजनासम्बन्धी सरोकारवाला निकायसँग परिचयात्मक कार्यशाला गोष्ठी आयोजना ग¥यो । कुर्वे परियोजनाको सहयोगमा शान्ति परियोजना चलाउन लागिएको हो । मानव अधिकारका लागि महिला एकल महिला समूह कास्की अध्यक्ष जूना केसीले सरोकारवालाको सुझाव, सल्लाह र आवश्यकता अनुसार परियोजनाअघि बढाउने प्रतिवद्धता गरिन् ।

उनले महिलालाई आफ्नो हक, अधिकारबारे बोल्ने, सशक्तीकरण गर्ने र आर्थिक रुपमा सबल बनाउनु परियोजनाको उद्देश्य भएको उल्लेख गरिन् । अध्यक्ष केसीले भनिन्, ‘एकल, द्वन्द्वपीडित र सिमान्तकृत महिलालाई लक्षित गरी परियोजना सञ्चालन हुँदै छ ।’

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले नेपाली समाजमा अझै एकल महिलालाई हेलाहोचो गर्ने कुसंस्कार हटिनसकेको बताए । उनले समाजमा सबैभन्दा बढी पीडित भएका एकल महिलालाई सशक्तीकरणसँगै आर्थिक रुपमा आत्मनिर्भर बन्न सघाउन आग्रह गरे । अध्यक्ष कुँवरले भने, ‘एकल महिलालाई सशक्तीकरणसँगै आफ्नै खुट्टामा उभिने बनाउन जरुरी छ ।’

अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले समयको महत्व बुझेर अर्थपूर्ण काम गर्न आग्रह गरिन् ।

कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनीलकुमार शाही, राष्ट्रिय मानवअधिकार आयोग पोखराका निर्देशक चन्द्रकान्त चापागाईं, अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, अन्नपूर्ण वडा नं. ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, संस्थाकी गण्कडी प्रदेश अध्यक्ष प्रमिला तझ्या, इन्सेक गण्कडी संयोजक शिव खकुरेल, संस्थाकी कोषाध्यक्ष मनमाया नेपाली र सचिव विष्णु श्रेष्ठले बोलेका थिए ।

गोष्ठीमा मुना पुनले संस्थाको वार्षिक योजना प्रस्तुत गरेकी थिइन् ।