प्रगतिशील लेखक सङ्घ (प्रलेस) प्रदेश नं १ को हालै भएको दोस्रो सम्मेलनले मोरङ बेलबारीकी तिला लेकालीको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नव गठित समितिमा राम खरेल र दिनेश थापा उपाध्यक्ष, राजेन्द्र सर्वहारा सचिव, अशोक खनाल सह–सचिव र सिर्जना सरोवर कोषाध्यक्ष छन् ।
नवनिर्वाचित समितिका सदस्यमा मायामितु न्यौपाने, खगिन्द्रा खुशी, दिलिप घिमिरे, कविता केशरी, भवानीप्रसाद पोख्रेल, सरस्वती न्यौपाने, उदय भट्टराई, चन्द्रनारायण चौधरी, दुर्गा परियार, घनश्याम ढकाल, इन्द्रनारायण सुवेदी, अनिल सुवेदी, लीला अधिकारी, माधव पोख्रेल, बिदुर सुवेदी, टंकमिलन घिमिरे, दिवाकर भण्डारी, रमेश कोर्खाली, रमेशचन्द्र अधिकारी, कमल भट्टराइ, दुर्गा लिम्बु, देवीप्रसाद संग्रौला, ओम श्रमिक र लक्ष्मी ढुंगाना छन् ।
समारोहमा सोमराज अभय, कुन्ता शर्मा, बलराम पोखरेल, चूडामणि रेग्मी, विश्वराज पाण्डे, कृष्ण श्रेष्ठ, जसराज किराँती, माधव भण्डारी, कमल जङ्गली, सरोज वली, रुद्र निरौला लगायतलाई सम्मान गरिएको थियो ।
अवरसरमा प्रलेसको ‘सङ्गठन र साहित्य’ तथा प्रलेस मोरङको ‘नियात्रा’ नामक कृतिसमेत सार्वजनिक गरियो । मोरङ बेलबारीमा प्रगतिशील लेखक सङ्घ नेपालका संस्थापक श्यामप्रसादको सालिकसमेत अनावरण गरिएको छ ।
अबसरमै अनावरण गरिएको सो शालिक बेलबारीमै रहने प्रलेस प्रदेश १ अध्यक्ष तिला लेकालीले बताइन् ।
प्रगतिशील लेखक संघको प्रदेश सम्मेलनमा कार्यसम्पादनका आधारमा प्रलेस उदयपुर र सुनसरीलाई प्रदेशकै उत्कृष्ट जिल्ला घोषणा गरिएको छ । झापा दोस्रो र तेह्रथुम तेस्रो जिल्ला घोषित भएको प्रलेसका प्रदेश सचिव राजेन्द्र सर्वहाराले बताए ।
प्रदेश अधिवेशन कार्यक्रममा एकीकृत समाजवादीको केन्द्रीय सदस्य विद्या चाम्लिङ, एमालेका नेता एवम् पूर्व मन्त्री तुलसी न्यौपाने, प्राडा वद्रीविशाल पोखरेल, स्रष्टा समाजका उपाध्यक्ष अमृत आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, जन सांस्कृतिक महासङ्घ प्रदेश नं १ का अध्यक्ष जेबी थुलुङ, विराट साहित्य समाजका अध्यक्ष उमनाथ भट्टराई, अखिल नेपाल लेखक सङ्घ केन्द्रीय उपाध्यक्ष सुमित्रा बाङ्देल लगायत उपस्थित थिए ।
प्रलेसको राष्ट्रिय सम्मेलन यही चैत २५ र २६ गते काठमाडौँमा हुँदैछ ।





