पेशागत महासंघ गण्डकी अध्यक्षमा महेन्द्र

पेशागत महासंघ नेपाल गण्डकीको प्रथम अधिवेशनले महेन्द्र रिमालको अध्यक्षमा सर्वसम्मत नयाँ कमिटी चुनेको छ ।

शनिबार भएको अधिवेशनबाट उपाध्यक्ष रामजीप्रसाद पौडेल र हिराकुमारी शर्मा, महासचिव बैकुण्ठनाथ आचार्य, सचिवद्वय मति चपाई र पदम लम्साल र कोषाध्यक्षमा दुर्योधन गिरी निर्वाचित भए ।

महासंघ सदस्यमा हरिकृष्ण सुवेदी, रमाकान्त खनाल, छविरमण रेग्मी, लोकनाथ आचार्य, गुनुमाया गुरुङ, अस्मिता खनाल, हरिहर तिवारी र गोपाल पौडेल छन् । कमिटीको कार्यकाल ४ वर्षको छ । देश संघीयतामा गएपछि प्रदेशमा पहिलो पटक पेशागत महासंघ चुनिएको हो । पेशागत क्षेत्रका विभिन्न घटक संस्था यो महासंघमा सदस्य छन् ।

नवनिर्वाचित अध्यक्ष रिमालले संघीयतापछि प्रदेशका पहिलो पटक महासंघ बनेकाले पहिलो चरणमा सदस्यहरुको तथ्यांक व्यवस्थित र चुस्त बनाएर राखिने बताए । उनले भने, ‘बीचमा आएको केही शिथिलतालाई चिर्दै सिर्जनशील, सकारात्मक र जनउत्तरदायी ट्रेड युनियन बनाउनेतर्फ हाम्रो पहल हुनेछ ।’