एउटा बालक घरको पिडिको डिलमा बसेर रोटी खाँदै थियो। रोटी खादा एक टुक्रा आफु खान्थ्यो र अर्को टुक्रा संगै भएको कुखुरालाई दिन्थ्यो। आफ्नो छोराको रोटीको एक टुक्रा आफु खाने र अर्को टुक्रा कुखुरालाई दिएको देखेर बालकको आमाले छोरा लाई सोधिन- यो के गरेको? छोराले सहज उत्तर दियो- चिकन संगै रोटी खाएको। चिकन सगै रोटी खाने यो काईदा स्वादिलो र पौष्टिक् नभए पनि सुन्दा क्या स्वादिलो!
नेपालमा प्रचण्ड, माकुने, कग्रेस र मदेशवादी दलहरुले एमसिसी पास गरेर नेपालको संबृधीमा एउटा कोसे ढुङ्गा थपेका छन, बालकले चिकन रोटी खाए जस्तै। यस्तो गौरवशाली काम गर्दा पनि केही थान मान्छेहरुले यसको बिरोध गरेको देख्दा अचम्म लाग्दछ। मान्छेहरु सोच्दाहुन, माकुने एण्ड प्रचन्ड त कम्युनिष्ट हुन किन यस्तो राष्ट्रघाती काम गरेका होलान? याद रहोस रक्त समुह ए प्लस (Blood Group A+) हुँदैमा परिक्षा मा A+ आउछ भन्ने हुन्छ र? म ब्यक्तिगतरुपमा एमसिसीको अनुमोदन बाट प्रचण्ड र माकुने भन्दा दशौ गुणा खुशी भएको छु। अझ त्यसमा पनि “वाध्यत्मक” टिप्पणी थप्दा त यो सम्झौता डाईरेट “रास्ट्रघाती” बाट “रास्ट्रवादी” रुपान्तरण भएको छ। देउपाका दुई टेका मध्य प्रचन्डको “आईडिया” र माकुनेको “भाका”ले यो सम्झौता राष्ट्रियताको भावले निथ्रुक्कै भिजेको छ। शास्त्र (राजनैतीक बैचारिक दृष्टिकोण) र अस्त्र (जनबल वा आत्मबल) फुस्किएका नेता र नेतृत्व बाट यो भन्दा बढी आश गर्नु तपाई हाम्रो मुर्खता हो।
मानिसहरु प्रचण्डहरुलाई त्यसै गाली गर्दछ्न। आफुले लगाएको लगौटी झिकेर आफ्नै आँखा छोपेर आफ्नो लाज ठाक्ने सम्मको आरोप लगाउछ्न। उहाहरुलाई अरु सँग लाज लाग्दैन त अरुले किन टाउको दुखाउने ? म एमसिसीको घोर समर्थन गर्दछु र एमसिसिलाई पास गराउन आफ्नै केन्द्रिय समितिको निर्णय लाई समेत थोती लगाई अमेरिकाको खरदार तहको कर्मचारीलाई खुसुक्क कपाली तमसुक लेख्ने अध्यक्ष प्रचण्ड र उहाको टिमलाई अभिवादन गर्दछु। एक बारको जुनिमा उहाले सबै थोक भोग्नु भयो। अब बाँकी राष्ट्रियता थियो त्यो पनि च्याखे थापेर के हुदो रहेछ हेर्न चाहनु भयो त के बिग्रियो?
एमसिसिको बिरोध गर्नुको कुनै तुक छैन। अमेरिकाले २०सौ खरव डलर खर्चेर २० बर्ष अफगानिस्थानमा रहदा त अफगानिस्थानलाई उठाएर अमेरिका लान सकेन भने जाबो केही अरव रुपैयाँ खर्चेर पाच बर्षमा नेपालमा के नै लछारपाटो लगाउला र? अमेरिकि सहयोगले क्रिमिया, भेनेजुएला, ईराक, ईरान, सिरिया, लिबिया जस्ता देशले आफुलाई कहाँ बाट कहाँ पुर्याए। अब त्यो पालो नेपालको हो। युक्रेनलाई उस्काएर आज युक्रेनी जनतालाई भागाभाग् बनाउदा युरोपेली देशहरुमा ३ बर्ष को लागि जान पाउने बनाईदिएको छ्। भोली नेपालमा पनि फ्याट्ट त्यस्तै गर्दियो भने नेपालीहरु रोजी रोजी युरोप अमेरिका तिर पो जान पाईन्छ कि? खै कुरो बुह्जेको?
हाम्रा आदरणिय अध्यक्ष प्रचन्ड शहनशिलता एक उदाहरणिय पात्र हुनुहुन्छ। सम्सद बैठकमा आँफैले हल जोडेको पार्टिको मान्छेले जुँगा जोगाई दिन मात्र व्याख्यात्मक टिप्पणी ल्याएको भन्दा पनि तेलमा भिजेको मुसो जस्तो भएर सहन सक्ने कत्रो हिक्मत? अमेरिकि मन्त्रिले यो एमसिसि आईपीएस (IPS) को अंग हो भन्दा पनि होईन भनी अमेरिकि मन्त्रीलाई पनि झुक्काउन सक्ने कस्तो चतुर?
उहा एक नम्वरको खाटी चलायमान कम्युनिष्ट हुनुहुन्छ। यदि एमसिसी पास भएन भने बर्तमान दलाल सम्सदिय ब्यबस्थानै धरपमा पर्ने देखेर राष्ट्रियताको मुद्दानै त्याग्ने हिक्मत राख्नु भयो। अब न त भारतीय बिस्तारवादको बिरोध गर्नु छ, न अमेरिकि साम्रज्यवादको त्यसैले त उहा छिन् छिनमा यु ट्रन लिनु हुन्छ र त्यसलाई छलाङ भन्नु हुन्छ। देशी सामन्तवाद त छ्दै छैन र भए पनि आँफै र आफ्ना भित्रै हुँदा त्यस त्यो लडाईंबाट पनि उहाले पार्टिलाई मुक्त गर्नु भएको
छ। उहाले आफना कार्यकर्ताहरुलाई औधी माया गर्नु हुन्छ। केही थान मन्त्री र राजनीतिक नियुक्ती थमाई राख्न लम्पसार पर्न पनि तयार हुनुहुन्छ। तर पनि जनता अझै उहा बाट बिद्रोहको आशा गर्दछ्न। राजनीतिक बैचारिक बाटोबाट बिचलन भएको ब्यक्तीबाट बिद्रोहको आश गर्ने हामी कस्तो खतम। दलालको पनि दास हुने हामी पो खतम। अब एमसिसी संगै अमेरिकनहरु आउने छन। उनिहरुसँग संचार गर्न अङग्रेजी बोल्दा बोल्दै हामी खरर बोल्ने अङग्रेजी हुनेछौ। एउटा अन्तरास्ट्रिय भाषा जान्ने भयौ भने संयुक्त राष्ट्रसघमा जागिर खाने छौ। देश भित्र बिदेश मुद्राको छेलोफेलो हुने छ। खै कुरो बुझेको?
र अन्त्यमा राष्ट्रघाती एमसिसी जिन्दावाद, ठिमाहा नेताहरु जिन्दावाद।
(व्यङ्ग लेख)





