प्रतिनिधिसभामा एमसीसी टेबल

प्रतिनिधिसभामा एमसीसी टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् ।

कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए । उनले एमसीसी पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘प्रतिनिधिसभाको अर्को बैठक २०७८ फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।’

बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका थिए । उनले कार्यसूचीमा एमसीसी उल्लेख भएको विषयमा माओवादीको ध्यानाकर्षण भएको जनाउँदै प्रमुख प्रतिपक्षको अवरोधका बीच बैठक अगाडि नबढाउन आग्रह गरेका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि उभिएर त्यसको विरोध गरे। एमसीसी टेबल गर्न नहुने उनको भनाइ छ । एमसीसी टेबल हुँदै गर्दा नेता खनालले उभिएर नाराबाजी गरेका थिए ।