कविताः पहाडमा विकास

सबै मिली पहाडमा बिकाश गरेछन
धुले सडक जन्मे छन् पैसा पचे छन्
डोजरे पहिरोले पाखा ढाकेछन
खनी खोस्री खाने बारी पुरी दिए छन्

धुवाँ उडाउदै गाउँ बेशी भिर र टाकुरामा
गाडीहरु गुड्न थाले कुना कन्दरामा
तस्बिरमा हेर्थ्योउ मोटर, घरमै पुगी हाले
गाउँलाइ शहर बजार संग जोड्न थाले

फर्कनुस युवाहरु अब सरासर
उद्यमी भै आफ्नो गाउँलाई पारौं हराबरा
ब्यबसायिक कृषि गरि फाइदा अब उठाउ
परिवारको अनुहारमा मुश्कान यसले छरौं

बिग्रिएको वाताबरणको सुधार गर्दै जाउँ
प्रांगारिक बिधि अपनाई देसको शान बढाउँ
आशा गरौ सबै तिर राम्रो हुदै जाला
सबै मिलि बिकाशलाई मलजल होला

प्रकृतिका धनि हामि के नै कमि होला
हाम्रो प्यारो सुन्दर गाउँ झनै सुन्दर होला ।