जेनन र सर्मिलाले स्थापना गरे पुरस्कार

कवि जेनन नेपाल र शर्मिला दुलालले आफ्ना हजुरबुबा, हजुरमुमाको नाममा पुरस्कार घोषणा गरेका छन् ।

साहित्य सङ्गम मकवानपुरले २०७९ बाट प्रदान गर्ने गरी उनीहरुले डम्बर पूर्णमाया कविता पुरस्कार स्थापना गरेका हुन । पुरस्कारको राशि २२ हजार २ सय २२ रूपैयाँ छ ।

संगम अध्यक्ष अनिता न्यौपानेले पुरस्कार संस्थापक जेनन र सर्मिलालाई धन्यवाद दिएकी छन् । साहित्यकार जेननले पुरस्कारले राम्रा कविहरुलाई प्रोत्साहन र सम्मान गर्ने उल्लेख गरे ।