देशको धुरीमा ५ गिद्ध बसेका छन्ः ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँच दलीय गठबन्धनलाई गिद्धको संज्ञा दिएका छन् । भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनलाई गिद्धको संज्ञा दिएका हुन् ।

धुरीमा एउटै गिद्ध बस्यो भने त अशुभ मानिन्छ । अहिले पाँच(पाँच वटा गिद्ध बसेका छन्, उनले भने ।

उनीहरुले आफू नेतृत्वको पूर्ववर्ती सरकारलाई जालझेल गरेर बाहिर निकाले पनि फेरि एमाले सरकारमा पुग्ने ओलीले दाबी गरे । अनेकौँ जालझेल र तीकडम गरेर हामीलाई सरकारबाट बाहिर निकाले तर हामीले ल्याएको लोकतन्त्रले एमालेलाई फेरि सरकार सञ्चालनको अवसर दिनेछ, उनले भने ।