देउवा ओलीको साथ लिएर भए पनि एमसिसी पास गर्न चाहन्छन्ः केसी

राष्ट्रिय जनमोर्चाले कांग्रेस एमसिसी नामक गलपासो बोकेर हिडेको आरोप लगाएको छ ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ कांग्रेस जुनसुकै हालतमा एमसिसी पास गर्ने पक्षमा रहेको बताए । उनले गठबन्धनको बैठकमा आफूहरुलाई बोलाउन छाडिएको गुनासो गरो ।

केसीले भने, ‘सत्तारुढ माओवादी केन्द्र र नेकपा समाजवादीले साथ नदिए प्रधानमन्त्री देउवा केपी शर्मा ओलीको साथ लिएर भए पनि पास गर्ने पक्षमा छन् ।’ उनले एमसिसीलाई अमेरिकी साम्राज्यवादको गलपासोको संज्ञा दिए ।

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशको प्रथम सम्मेलनमा शुक्रबार केसीले कांग्रेस सामन्तवाद र साम्राज्यवादको दलाल भएको प्रमाणित भएको जनाए ।
गण्डकी प्रदेशसभाका सदस्य पियारी थापाले संघीयता पार्टीको दुश्मन एको बताइन् । उनले पार्टीले चुनाव उपयोगको नीतिमात्र लिएको जनाइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, सचिव देवीलाल सापकोटा, कास्की अध्यक्ष रविमोहन ढकाल, साहित्यकार काजी गाउँले, अखिल नेपाल युवक संगठनका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, अनेमसंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, अखिल (छैटौं)का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी लगायतले धारणा राखेका थिए ।