पोखरा २८ आरुपाटाको लेखनाथ आधारभूत विद्यालयमा सरस्वती मन्दिर बनेको छ । पोखरा २८ का वडाध्यक्ष निर्मल दियालीले शनिबार आयोजित समारोहमा मन्दिर उद्घाटन गरे ।
वडाध्यक्ष दियालीले स्थानीय सरकार नागरिकको अपेक्षा अनुसार विकास, निर्माणका काममा लागिरहेको बताए । उनले आरुपाटा टोलको विकासका लागि वडा कार्यालय र महानगरले विशेष पहल गरिरहेको बताए ।
मन्दिर निर्माण समिति अध्यक्ष दीपकबहादुर भुजेलले मन्दिर बनाउन २ लाख ७० हजार खर्च भएको जानकारी दिए । उनले शिक्षालयमा मन्दिर निर्माणमा जस्तै गुणस्तरीय शिक्षाका लागि सबैको सहकार्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर भुजेल, शिक्षक चन्द्र भुजेल, समाजसेवी भोलानाथ त्रिपाठी लगायतले बोलेका थिए ।
मन्दिर निर्माणका लागि पोखरा २८ को वडा कार्यालयले १ लाख ३१ हजार ९४ रुपैयाँ दिएको छ । रामजी पौडेलमार्फत लायन्स पोखरा चौतारी विन्ध्यवासिनीबाट २५ हजार १ सय १५, भूपू जम्दार कृष्णबहादुर खड्का १५ हजार ५, वृहस्पति तिमिल्सिनाले गणेश र सरस्वतीको मूर्ती र श्रवणकुमार अधिकारीले गजुर प्राप्त भएको छ ।
यस्तै, वामदेव त्रिपाठीले १० हजार, सीतादेवी अधिकारी ७ हजार ३ सय ७९ मन्दिर निर्माणका लागि दान गरेका छन् । मन्दिर बनाउना दीपक भुजेल, वेदनाथ अधिकारी र रविना चापागाईंले समान ५ हजार ५ सय ५५ र नमूना महिला आमा समूहले ५ हजार ५५ दिएका छन् ।
यसैगरी, प्रमोद पौडेल र प्रकाश नेपालीले समान ५ हजार १ सय ११ र टेकबहादुर भुजेल, चन्द्रा भुजेल र शान्ति खड्का घिमिरेले समान ५ हजार ५ रुपैयाँ र शंकर गिरीले ५ हजार प्रदान गरेका छन् ।