तिमीसित जुधेको नजर पुरानो भएन
जस्तो कि नदीलाई बगर पुरानो भएन
आज पनि मात उही छ, साथ उही छ
याद पुरानो भएन, असर पुरानो भएन
न खिइन्छ सजिलै, न पग्लिन्छ सजिलै
पत्थर रहेछ पिरती, पत्थर पुरानो भएन
डुलिरहन्छ यो मन पुरानो उही डगरमा
हामीले सङ्गै गरेको सफर पुरानो भएन
सिन्दुर बनेर आएनौ, भाग्य बनेर आएनौ
लैजाऊ फिर्ता आएर च्यादर पुरानो भएन ।





