गण्डकी बिश्व बिद्यालय र शिक्षाविद् बीच अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । स्नातक तहमा २ वटा कार्यक्रम सहित आफ्नो सेवा सुरुगरेको विश्व बिद्यालयले बागलुङमा रहेका शिक्षा क्षेत्रमा संलग्न व्याक्तिहरु विचमा छलफल सम्पन्न भएको हो ।
सन् २०१९ मा गण्डकी प्रदेशको पुर्ण स्वामित्वमा स्थापना भएको विश्व बिधालयले हाल स्नातक तहमा सुचना प्राविधि र खेलकुद व्यवस्थापन संकाय सञ्चालन गरिरहेको जानकारी गराइएको थियो ।
विश्व बिद्यालयका प्राध्यापक सरोज गिरि र मधुसूदन सुवेदी द्वारा Bachelor in Information Technology-BIT र Bachelor in Sports Management- BSM कार्यक्रमको बारेमा जानकारी गराएका थियो ।
विश्व बिद्यालयले हाल २ संकायमा ४०र४० जनाको कोटामा प्रवेश परीक्षाकोको आवेदन यहि माघ २६ सम्म दिन सकिने र परीक्षा २९ गते सञ्चालन गरिने इन्जिनियर अनुप अधिकारीले बताए ।
बागलुङ जिल्लाका विभिन्न बिद्यालयका प्रधानाध्यापक एवं शिक्षा क्षेत्रका संलग्न व्याक्तिहरु गरि २२ जना बीचमा गरिएको अन्तरक्रियामा सहभागिहरुले विश्व बिद्यालय द्वारा सञ्चालित कार्यक्रमका बारेमा जिज्ञासा राखेका थिय ।
एक प्रदेश एक बिश्व बिद्यालय अवधारणा अन्तर्गत गण्डकी प्रदेशको पुर्ण स्बामित्वमा स्थापित बिद्यालयमा अन्य संकायको सञ्चालनका लागि पाठ्यक्रम तयारका लागि गृयकार्य गरिरहेको सुवेदीले बताए ।




