६६ प्रतिशत नेपाली सहरका बासिन्दा

केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजानिक गरेको जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार शहरी जनसंख्या ६६।०८ प्रतिशत रहेको छ ।

देशका २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेको ४६० गाँउपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानिएको छ ।

जनगणनाअनुसार ग्रामीण जनसंख्या ३३।९२ प्रतिशत पुगेको छ ।

यसअघि २०६८ को जनगणनामा ५८ वटा मात्र नगरपालिका रहेकोमा सोहीअनुसार शहरी जनसंख्या विश्लेषण गरिएको बताउँछन् केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ ।

०६८ को जनगणनामा १७।०७ प्रतिशत शहरी जनसंख्या रहेको थियो भने ८२।९३ प्रतिशत ग्रामीण जनसंख्या रहेको थियो।