मधेस प्रदेशमा एमाले-लोसपा गठबन्धन

राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन हुने भएको छ ।

जनकपुरमा शुक्रबार पत्रकार सम्मेलन गरेर दुबै दलका नेताले यो जानकारी दिएका हुन् । मधेस प्रदेशको अन्यतर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई यो गठबन्धनले समर्थन गर्ने सहमति भएको छ ।

१९ राष्ट्रियसभा सदस्य चयनका लागि १२ माघमा निर्वाचन हुँदैछ, जसमध्ये प्रदेश २ बाट महिला र अन्य समूहतर्फ सदस्य चयन हुनेछन् । मधेस प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका महमद खालिदले उम्मेदवारी दिएका छन् ।

लोसपा र एमालेले गठबन्धन बनाए पनि यहाँ सत्ता गठबन्धन नै बलियो देखिन्छ ।