बच्चाले ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहर भएकी छन् । कास्की जिल्ला अदालतले आइतबार पोखरा फलेपाटनको न्यु लाइफ स्कुलको होस्टेलकी कर्मचारी जानुका नेपालीलाई दोषी ठहर गरेको हो ।
जानुकालाई २५ दिन कैद र ५ हजार क्षतिपूर्ति दिन आदेश भएको छ । आइतबार थुनछेक बहसको पेसीपछि अदालतले नेपालीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।
न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले नेपालीमाथि २५ दिन कैद सजाय, पीडितलाई ५ हजार रुपैयाँ क्षतिपूर्ति, एक हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ भराउने आदेश गरेका छन् ।






