धेरै बर्ष भईसकेछ घर छोडेको पनि
डर छ आफ्नै गाउँ- घरले चिन्दैन कि भनि
लाहुरे बाको घुमाउने घर ठाडै छ कि ढल्यो
ढिब्री नै हो गाउँमा बाल्ने कि बिजुली बल्यो
कुशलमङ्गल नै त होलान् मंगलमान दाइ
बिदेश उड्यो कि छ देशमै नयाँघरे भाइ
के -के कुरा बदलियो कति बिकास भयो
बाटोघाटो उस्तै छ कि गाउँमा मोटर गयो
प्रवासमै कपाल फूल्यो , प्रवासमै झर्यो
निधारमा लेखिएको ज्यानले भोग्नै पर्यो ।




