नेपाली काँग्रेसको खस–आर्यतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका किशोरसिह राठौर निर्वाचित भएका छन् ।
शुक्रबार आएको सहमहामन्त्रीको मत परिणाम अनुसार राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित गरेका हुन् । राठौर २५७६ मत ल्याएका छन् भने देवराज चालिसे २०५९ मत ल्याएका छन् ।
गएको निर्वाचनमा कास्की २ बाट पराजित चालिसे कास्कीका प्रभावशाली नेता हुन् । उनले कांग्रेस गण्डकी सभापतिमा उम्मेदवारी घोषणा गरेर पनि मनोनयन दर्ता गराएका थिएनन् ।
सहमहामन्त्रीमा पराजित भए पनि चालिसेले देशैभर पहिचान र व्यक्तित्व स्थापित गर्ने मौका महाधिवेशनले दिएको छ ।






