नेपाली काँग्रेस सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार विजयी भएका छन् । उनले मानबहादुर विश्वकर्मालाई ३७ मतले पराजित गरे ।
डा शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मतमात्र पाए । गंगा सुनारको मत २२९ छ ।
यसअघि देउवा प्यानलका सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डिना उपाध्याय र आदिवासी जनजातितर्फबाट भीष्मराज आङदेम्बे विजयी भएका छन् ।




