सहिद परिवारको उपचार सित्तैमा गर्न कास्की कांग्रेसको माग

नेपाली कांग्रेस कास्कीको पहिलो बैठकले ३ वटा निर्णण गरेको छ । बिहीबार बसेको बैठकले द्वन्द्वकालमा सहिद भएका परिवारका सदस्य एवं सम्पूर्ण घाइतेको निशुल्क उपचारका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

द्वन्द्वकालमा नेपाली कांग्रेसबाट सहिद भएका परिवारका सदस्य साथै घाइते र अपांग भएकालाई निशुल्क उपचार गर्न प्रदेश सरकारसँग माग गर्न निर्णय गरेको कांग्रेस कास्की सचिव भानुभक्त ढकालले जानकारी दिए । द्वन्द्वकालमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेशबाट मिजुरेडाँडाका रतनसिंह गुरुङ, सल्यानका कृष्णबहादुर गुरुङ, पोखरा नाकडाँडाका गणेशमान गुरुङ, घान्दुुकका ईश्वर गुरुङ, सैंमराङका पशुपति रानाभाट र माछापुच्छे«बाट टेकबहादुर गुरुङ सहिद भएका थिए ।

बैठकले १३ औं अधिवेशनबाट निर्वाचित निर्वतमान अध्यक्षसहित सम्पूर्ण कार्यसमिति साथै सफलतापूर्वक जिल्ला अधिवेशन सफल गरेकोमा निर्वाचन समितलाई धन्यवाद दिने निर्णयसमेत गरेकोे छ । नेपाली कांग्रेसको १४ औं अधिवेशन भव्य रुपमा सम्पन्न गर्न जिल्ला समितिका सदस्यलाई परिचालन गर्ने निर्णयसमेत भएको छ ।