कास्कीका पाश्चरलाई २ वर्ष कैद सजाय

धर्म परिवर्तन गराएको अभियोगमा जिल्ला अदालत डोल्पाले १ जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सनाएको छ ।

जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पाश्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका २ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको हो ।

आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पाश्चर हुन् । जिल्ला अदालत कास्कीमा पनि उनीविरुद्ध धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ । कोभिड महामारी सुरु भएपछि उनी कोरोना हट भन्दै झारफुक गरी विवादमा आएका थिए ।