सामाजिक काममा सक्रिय रहन र युवाहरुको क्षमताअभिवृद्धि गर्न पोखरा महानगरपालिका १७ पावर हाउसमा नयाँ क्लब गठन भएको छ ।
सोमबार भएको भेलाले गणेश ढुङ्गानाको अध्यक्षतामा रामेश्वर युवाक्लबको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा शम्भु बराल, सचिवमा नवराज आचार्य, कोषाध्यक्षमा ध्रुवअधिकारी र सहसचिवमा माधव भण्डारी छन् ।
समिति सदस्यमा मोतिबहादुर कार्की, नारायण कार्की, आशकुमार गुरुङ, गोविन्दबहादुर शाही, अप्सरा गोदार र लक्ष्मी जिसी अधिकारी छन् ।
पोखरा १७ पावर हाउसमा स्थापना भएको यस क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै समाज निर्माणमा भूमिका खेल्न विभिन्न कृयाकलाप गर्ने उपाध्यक्ष शम्भु बरालले जानकारी दिए ।






