पश्चिमाञ्चल इन्जिनीरिंग क्याम्पस लामाचौरको हेप्पी क्लबको आयोजनामा शनिबार सरसफाइ गरिएको छ ।
सरसफाई गरेर, वातावरण स्वच्छ राखौं, फोहोर व्यवस्थापन गरि ,स्वस्थ भइ बाचौँ भन्ने सन्देशसहित कार्यक्रम भएको हो । स्थानीय क्लब हरु एलसि ब्रदर्स, एनएसिओडिएस लगायत उक्त इन्जिनीरिंग क्याम्पसका विभिन्न क्लबको सहकार्य बृहत लामाचौर सरसफाई कार्यक्रम भएको हो ।
कार्यक्रममा स्थानीय समूह, जनसमुदाय, संघ, संस्थाको पनि उल्लेखनीय उपस्थिति थियो , बिहान ७ बजे लामाचौरचोकबाट सुरु भएर क्याम्पस क्षेत्र र क्याम्पस परिसर हुँदै १० बजे कार्यक्रम सकिएको थियो ।
क्लबले विद्यार्थीका लागि विभिन्न तालिम, सीप र व्यत्तित्व विकास सम्बन्धी कार्यक्रमसहित वातावरणसँग सम्बन्धित कार्यक्रम गर्दै आएको छ ।






