सहारा क्लब हङकङ अध्यक्षमा दीपक गुरुङ सर्वसम्मत भएका छन् । आइतबार भएको तेस्रो अधिवेशनले दीपकको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
समिति प्रथम उपाध्यक्षमा सरोज गुरुङ, द्वितीय उपाध्यक्ष सुमित्रा गुरुङ, महासचिव कुमार गुरुङ, सचिव ज्योति गुरुङ, कोषाध्यक्षमा प्रविन गुरुङ र सहकोषाध्यक्षमा कमला थापा छन् । सदस्यमा कुमारी गुरुङ (माया), विकासकुमार गुरुङ, राजु गुरुङ, जगत गुरुङ, ओम गुरुङ, अप्पु गुरुङ, (बाबु), तिलक गुरुङ, कपिल गुरुङ, राजु गुरुङ, देवकाजी गुरुङ, प्रदीप गुरुङ, उर्मिला घले र गमन घले छन् ।
जोर्डन हङकङको चुम्लुङ हिममा भएको अधिवेशनमा तुलसीकुमार गुरुङ, सरोज गुरुङ, सल्लाहकार मीन गुरुङ, कमल पौडेल, देव गुरुङ लगायतले निर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए ।
सभामा कोषाध्यक्ष सावित्रा गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिन् । कोभिड महामारीका कारण अधिवेशन भव्य गर्न नसकेको सचिव कुमार गुरुङले बताए ।






