नेपाली कांग्रेस कास्की सभापतिका लागि शनिबार दोस्रो चरणको मतदान भएको छ । अध्यक्षका ५ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत भन्दा धेरै मत नल्याएपछि फेरि चुनाव भएको हो । कांग्रेसमा सभापति बन्न ५० प्रतिशत भन्दा धेरै मत ल्याउनै पर्छ ।
शनिबारको चुनावमा १९२६ मत खसेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिएका किशोरदत्त बराल र नेता रामचन्द्र पौडेल निकट मानिएका सुदीपमोहन भट्टराईबीच प्रतिश्पर्धा हुँदै छ । अहिले साँझ ७ बजेबाट मत गणना हुने र राति अबेरसम्म परिणाम आउने कांग्रेस कास्कीले जनाएको छ ।
शुक्रबारको मतदानमा बरालले ६४४ र भट्टराईले ४६९ मत ल्याएका थिए । अध्यक्ष तीन प्रत्यासी आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतमले दोस्रो चरणमा भट्टराईलाई समर्थन गरेका छन् । तीन प्रत्यासीको समर्थन पाएकाले भट्टराई बलिया देखिए पनि कडा प्रतिश्पर्धा हुने बताइन्छ ।




