कांग्रेस नेता देवराज चालिसेले नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिने भएका छन् । सोमबार कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा विजयी चालिसेले बुधबार औपचारिक रुपमा उम्मदवारी घोषणा गर्ने भएका हुन् ।
चालिसे नेपाली कांग्रेसका वैचारिक र तार्किक नेता हुन् । उनी गएको प्रतिनिधिसभा चुनावमा कास्की क्षेत्र नं. २ बाट उम्मेद्वार थिए । उनले गएको प्रतिनिधिसभा निर्वाचनअघि प्राध्यापकबाट राजीनामा दिएका थिए ।
कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते र जिल्ला अधिवेशन मंसिर १० गते हुँदै छ ।
कांग्रेस प्रदेश सभापतिमा कास्कीबाटै नेताहरु शुक्रराज शर्मा र यज्ञबहादुर थापा लगायत आकांक्षी छन् ।




