जनसक्रिय टोलको साधारणसभा

जनसक्रिय टोल विकास संस्था पोखरा १४ को दोस्रो साधारणसभा शनिबार भएको छ । कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले वडाको कान्छो टोल विकास संस्था भए पनि यसले सरकारको मुखमात्र नताकी टोल र टोलबासीको हितका लागि विभिन्न काम गरेको बताए ।

टोलहरु राज्यका तल्ला इकाइ भएकाले टोल विकास संस्थाको भूमिका निकै महात्वपूर्ण हुने उनले बताए । वडाको तर्फबाट टोलहरुको विकासका लागि सहकार्य भइरहेको उनले उल्लेख गरे ।

टोल अध्यक्ष डिबी राईले टोलबासीकै एकताले टोलमा समृद्धि र विकास सम्भव हुने बताए । उनले टोलमा नियमित नगर बस सञ्चालन, फोहोरको उचित व्यवस्थापन, पोल्ट्री फार्महरुबाट हुने फोहोर व्यवस्थापन गर्न पहल भइरहेको बताए ।