गीत


देखाउनलाई मात्रै नै हो सिन्दुरको रेखी
चाहिदैन केही पनि माया भए देखी ।
माया हुन्छ मुटु भित्र सौभाग्यमा हुन्न
धरती कै फूल दिन्छु मैले चन्द्र छुन्न
बगाउन सक्छु मैले पसिनाका धारा
सक्दिन म टिपी ल्याउन सगरका तारा।
जुनकिरी बन्नु तिमी हिड्दा अधेरीमा
राखेको छु माया गरि मनको मझेरीमा
रातोरानी रातै भरी फुल्छ अनि झर्छ
दुखमा हाँस्न सक्छु , हाँस्न पनि पर्छ।