नेपाल बैक पूर्व कर्मचारी परिषद्को प्रथम अधिवेशन तथा साधारण सभा

नेपाल बैक लिमिटेड पूर्व कर्मचारी परिषद् पोखरा,कास्कीको प्रथम अधिवेशन तथा साधारण सभा विन्दवासिनी पार्टी प्यालेसमा सम्पन्न भएको छ । परिषद्का अध्यक्ष श्री राजेन्द्र मान श्रेष्ठको अध्यक्षतामा बसेको अधिवेशन तथा साधारण सभामा प्रमुख आतिथी नेपाल बैक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रतिमा श्रेष्ठ, विशिष्ट अतिथिमा नेपाल बैक लिमिटेड पृथ्वी चोक शाखाका शाखा प्रबन्धक चतुर्भुज अर्याल र अतिथिहरूमा पोखरा शाखाका उषा पौडेल,अमरसिंह शाखाका अनिल श्रेष्ठ रहेका थिए।

अधिवेशनले राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्बिराध चयन गरेको छ ।  त्यस्तै उपाध्यक्षमा तारा श्रेष्ठ, सचिव खगेन्द्रराज पराजुली, कोषाध्यक्ष राम कुमारी गुरुङ, सह सचिव शुक्र कुमार प्रधान रहेका छन् । सदस्यमा रुद्रनाथ पौडेल, प्रेम कुमार पाण्डे, पद्मा शेरचन, पार्वती गुरुङ, नारायण श्रेष्ठ र सरमाया श्रेष्ठ रहेका छन् ।

प्रमुख अतिथिले आफ्नो मन्तव्य राख्दै परिषद्ले पूर्व कर्मचारीहरू भेटघाट हुने सुख दुख बाँड्ने, वृत्ति विकास लगायत सामाजिक काम गर्ने र बैकको विकासको लागि पूर्व कर्मचारी र बहालवाला कर्मचारीको बिचमा सहकार्य गर्ने एउटा चौतारी तयार भएको बत्ताए । यस्तो परिषद् पोखरामा मात्र होइन नेपालको सात वटै प्रदेशमा तत्कालै गठन हुन आवश्यक छ भन्दै नेपाल बैक पहिला जसरी एक नम्बरको आकर्षण थियो त्यसै गरी अहिलेको यो बैकहरूको भिडमा पनि एक नम्बरमै राख्न प्रयत्न गर्ने र नयाँ पुस्ताको जागिर खाने रोजाइको एक नम्बर बैक बनाउनु पर्ने कुरामा जोड दिँदै  सबै पूर्व कर्मचारीहरूलाई पूर्व कर्मचारी परिचय पत्र लिन पनि आग्रह गरे ।

संस्था स्थापना गर्नुको उद्देश्य माथि परिषद्का सदस्य रुद्रनाथ पौडेलले प्रकाश पारेका थिए भने, अध्यक्ष राजेन्द्रमान श्रेष्ठले संस्थाको साङ्गठनिक प्रतिवेदन,कोषाध्यक्ष उषा सिग्देलले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन सह सचिव खगेन्द्र राज पराजुलीले गरेका थिए ।