घारीपाटनको साधारणसभा, अध्यक्षमा कृष्णकला

पोखरा १७ मा रहेको घारीपाटन बचत तथा ऋण सहकारीको शनिबार सकिएको दोश्रो वार्षिक साधारणसभा साधारणले सहकारीका कार्ययोजनासहित नयाँ अध्यक्ष चुनेको छ ।

यसअघि सहकारीका अध्यक्षले दिएको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत गरी सभामा अनुमोदनका लागि पेश गरिएको थियो । सभाले उपाध्यक्ष कृष्णकला केसी कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । खाली रहेका उपाध्यक्षमा र सदस्य पदमा क्रमश कमला जलारी र पदम ढकाल चुनिएको निर्वाचन मण्डल संयोजकमा हरी श्रेष्ठ बताए ।

सभामा पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले सहकारीले उत्पादन र उद्यमशीलता प्रवद्र्धन जोड दिनुपर्ने उल्लेख गरे । उनले सयर सदस्यको हित, आर्थिक बृद्धि र उपार्जनका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

महानगर कार्यपालिका राधिका शाही योगीले सहकारीले समाजमा विभिन्न तप्कामा रहेको पुजीँलाई एकीकृत गरी बचत गर्ने र समुदायकै नेतृत्वमा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् । महानगर सहकारी संघ अध्यक्ष बलराम गौतमले सहकारीहरुले सामूहिक योजना बनाएर उद्यमशील र उत्पादनमा लाग्नुपर्ने जनाए ।

कार्यक्रममा सफल सहकारीका अध्यक्ष वासु पौडेल, घारीपाटन सहकारीकी सदस्य कमला जलारी सचिव लिला जिसी, सहसचिव विष्णु जिसी लगायतले बोलेका थिए ।

कार्यवाहक अध्इक्ष कृष्णकला केसी कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष गोविन्दनाथ योगीले प्रस्तुत गरेका थिए । सभामा उत्कृष्ट कारोबार सम्मान राम कार्की र उत्कृष्ट बचतकर्ता सम्मान बिमला घलेले पाए ।