हिमालय आँखा अस्पतालमा नेपाल नेत्र सहायक परिवार

नेपाल नेत्र सहायक परिवारको हिमालय आँखा अस्पताल तदर्थ समिति गठन भएको छ ।

नेपाल नेत्र सहायक परिवार केन्द्रीय सदस्य मञ्जु आचार्यको उपस्थितिमा सोमबार भएको भेलाले गोविन्दनाथ योगीको अध्यक्षतामा समिति चुनेको हो । समितिको उपाध्यक्षमा शशिकमला लामिछाने, महासचिवमा सुभास नेपाल, सचिवमा विजय पौडेल, कोषाध्यक्षमा दिपा गुरुङ, सह-कोषाध्यक्ष रीना गुरुङ छन् ।

यस्तै, सदस्यमा , गोविन्दराज बढु, रुपसिंह बोहरा क्षेत्री, धर्मेन्द्रकुमार घोडासैनी, शान्ति चौधरी र दीपमा शाही छन् ।